वेबटिभी खबर
काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरेका छन् ।
धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन् । रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो ।
रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूप मध्येको एक शिवलिंगको पूजा अर्चना गरेर अभिषेक गरिन्छ । पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए ।
मिश्रले पछिल्लो समयमा संवैधानिक राजसंस्था, संघीयता खारेजी तथा हिन्दू-वौद्ध राष्ट्रको एजेन्डालाई उठाइरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij