Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोरोना महामारीबाट प्रभावित भारतमा ताउते आँधिको खतरा 

कोरोना महामारीबाट प्रभावित भारतमा ताउते आँधिको खतरा 

  • 1.3K
    SHARES
  • कोरोना महामारीबाट प्रभावित भारतमा ताउते आँधिको खतरा 

    मुम्बई । भारतको गुजरात र महाराष्ट्रसहित पाँच राज्यमा अरब सागरमा बनेको ताउते चक्रवातको खतरा सामना गरिरहेका छन् ।

    समुद्री सीमासँग जोडिएका कर्नाटकका ५ जिल्लामा आँधिको बढी असर परेको छ । यी जिल्लाका ७३ गाउँमा पूर्णरुपमा प्रभावित भएका छन् । कर्नाटकमा अहिलेसम्म आँधिबाट चार जनाको मृत्यु भइसकेको छ । त्यस क्षेत्रमा २४ घण्टादेखि ९० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावाहुरीसहित भीषण वर्षा भइरहेको छ । 

    मौसम विभागका अनुसार आँधीबेहरी गोवाको समुद्री तट हुँदै गुजराततिर बढिरहेको छ । यसकारण मुम्बईलगायत उत्तरी कोंकणका केही स्थानहरूमा हावाहुरी र वर्षा हुन थालेको छ । वर्षा र हावाहुरीका कारण त्यहाँका अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई बृहन्मुम्बई नगर निगमले पाँच सय ८० बिरामीलाई कोभिड केयर केन्द्रबाट सुरक्षित ठाउँमा सारेको छ ।  

    मौसम विभागका अनुसार आगामी १२ घण्टामा यो अत्यन्त गम्भिर चक्रवाती आँधीमा परिणत हुने अपेक्षा गरिएको छ । यो तूफान १८ मेको बिहान पोरबन्दर र गुजरातको महुआ तटमा पुग्नेछ । यसैबीच, गृहमंत्री अमित शाहले महाराष्ट्र र गुजरातका मुख्यमन्त्रीसहित एउटा महत्त्वपूर्ण बैठक बोलाएर आँधि प्रभावितका लागि राहत र उद्धार कार्यमा तयारी गर्न छलफल गरेका छन् । 

    आँधीबेहरीको समयमा, १५० देखि १६० किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरीसहित भीषण वर्षा हुने मौसम विभागले बताएको छ । महाराष्ट्र, केरला र गुजरातमा आँधिको प्रभाव तीन दिनसम्म रहने अनुमान गरिएको छ । साथै आँधीबेहरीले तमिलनाडु, कर्नाटक, पश्चिमी राजस्थान र लक्षद्वीपलाई पनि असर गर्नेछ । यस चक्रवातलाई म्यानमारले ताउते भन्ने नाम दिएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij