Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी

दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी

  • 370
    SHARES
  • दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी

    दक्षिण कोरिया । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा भागदौडमा भएको ठूलो मानवीय क्षतिका लागि माफी मागेका छन्  ।

    सोमबार सुरक्षा नियमहरूको समीक्षा गर्नको लागि बसेको बैठकमा उनले माफी मागेका हुन् । एक साताअघि राजधानी सियोल नजिलकैको ह्यालोविन उत्सव मनाउने क्रममा भागदौड मच्चिदा १५६ जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमध्ये अधिकांश बीसदेखि तीस वर्षका युवायुवती थिए । ‘आफ्ना छोराछोरी गुमाएका आमाबुबासँग म आफूलाई तुलना गर्ने आँट गर्दिनँ, तर जनताको जीवन र सुरक्षाको रक्षा गर्ने राष्ट्रपतिको हैसियतमा म दुखी छु’, उनले भने ।

    २९ अक्टोबरमा ह्यालोविन मनाउने क्रममा सियोलको इटावन जिल्लाको साँघुरो गल्लीहरूमा भागदौड मच्चिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij