Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

घरदैलोमा पुगेकी रेखालाई स्थानीयले भने– धेरैपटक अरूलाई हेरेको र अब आफ्नै चेलीलाई

घरदैलोमा पुगेकी रेखालाई स्थानीयले भने– धेरैपटक अरूलाई हेरेको र अब आफ्नै चेलीलाई

  • 364
    SHARES
  • घरदैलोमा पुगेकी रेखालाई स्थानीयले भने– धेरैपटक अरूलाई हेरेको र अब आफ्नै चेलीलाई

    विराटचोक/मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा मोरङ ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् ।

    शनिबार घरदैलोको क्रममा सुन्दरहरैंचा–१२ पुगेकी थापालाई जिताउने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।

    स्थानीय शान्त चौधरीले धेरैपटक अरूलाई हेरेको र अब एकपटक आफ्नै चेलीलाई, छोरीलाई जिताउने बताइन् । उनले भनिन्,‘उहाँलाई साथ दिन्छौँ । उहाँ स्थानीय पनि हुनुहुन्छ ।’

    मोरङ–३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कांग्रेसका सुनिल शर्माबीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यस क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ ।

    गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा निकै कमजोर रहे पनि थापालाई महिला तथा युवाहरू साथ दिइरहेका छन् ।

    यस्तै बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij