वेबटिभी खबर
महोत्तरी । महोत्तरीको विभिन्न स्थानमा आज एकाबिहानै कोरोनाबाट तीनजनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीनजनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ ।
कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन् । उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका-४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका-७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका-५ का ५५ वर्षीय पुरुष गरी तीनजनाको मृत्यु भएको हो ।
तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो । मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।
आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय संक्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् ।
त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij