Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोरोनाबाट बाँकेमा थप सातजनाको मृत्यु

कोरोनाबाट बाँकेमा थप सातजनाको मृत्यु

  • 438
    SHARES
  • कोरोनाबाट बाँकेमा थप सातजनाको मृत्यु

    नेपालगञ्ज । बाँकेमा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा तीनजना बर्दिया, दुईजना बाँके तथा रोल्पा र कैलालीका एक-एकजना रहेका छन् ।

    बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो ।

    भेरी अस्पतालमै कोहलपुर नगरपालिका वडा नम्बर १५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

    बर्दिया मधुवन नगरपालिका वडा नम्बर ९ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो ।

    बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।

    यसैगरि बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर २ का ८७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

    यस्तै कैलाली गौरीगंगा गाउँपालिका वडा नम्बर ४ का ५२ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते कैलालीमा पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो ।

    रोल्पा रुम्टीगढीका ३५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते दाङमा पीसीआर गरिएका उनलाई २९ गते भेरीमा भर्ना गरिएको थियो ।

    योसँगै बाँकेमा कोरोनाबाट दुई सय ३४ जनाको मृत्यु भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij