Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोरोना महामारीः बाँच्न र बचाउन सबै सामाजिक संस्था एकजुट

कोरोना महामारीः बाँच्न र बचाउन सबै सामाजिक संस्था एकजुट

  • 460
    SHARES
  • कोरोना महामारीः बाँच्न र बचाउन सबै सामाजिक संस्था एकजुट

    काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्नका लागि सामाजिक संघ-संस्थाले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

    मानव अधिकार पत्रकार संघले ‘महामारीमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रियामा सरोकार पक्षले महामारीका बेलामा सामाजिक संस्थाले वैैकल्पिक सरकारका रुपमा काम गर्नुपर्ने जनायो ।

    सो अवसरमा समाजकल्याण परिषद्का उपाध्यक्ष डा.पदमप्रसाद खतिवडाले सातै प्रदेशमा गैरसरकारी संस्थासँगको परामर्शमा नीतिगतरुपमा कोभिड-१९ महामारी नियन्त्रणमा सहयोग गर्न संघसंस्थालाई २० प्रतिशतसम्म रकमान्तर गर्न अनुमति दिइएको बताए ।

    राष्ट्रिय मानव अधिकार आयोगका निमित्त सचिव डा.टीकाराम पोखरेलले महामारीमा अक्सिजन र औषधि नपाएर धेरै संक्रमित मर्नु परिरहेकाले तीनै सरकारले यसबारेका ध्यान दिनुपर्नेमा जोड दिए ।

    गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामाले संस्थाले कोरोनाविरुद्ध ७७ जिल्लामा जिल्लास्तरको केन्द्रीय संरचना बनाएर काम गरिरहेको बताए ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस अवस्थामा सबैले आफू बाँचेर अरुलाई बचाउनका लागि लाग्नुपर्नेमा जोड दिए ।

    समाजकल्याण परिषद्का सदस्य सचिव पुष्कर खातीले प्राथमकिताका आधारमा एकल महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग गर्न सकिने गरी परिषद्ले नीतिगत निर्णय गरेको जानकारी दिए ।

    हुर्जाका अध्यक्ष घनश्याम खड्काले महामारीबाट बाँच्न र बचाउनका लागि सबै सामाजिक संस्था एकजुट भएर लाग्नुपर्ने बताए ।

    कार्यक्रममा सातै प्रदेशका सामाजिक संघसस्था र पत्रकारको उपस्थिति थियो । कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सबैले मिलेर काम गर्नुपर्ने र आआफ्ना ठाउँबाट गर्न सकिने कामबाट सुरु गर्नुपर्ने सुझाव राखेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij