Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दक्षिण कोरियामा आइतबार राष्ट्रिय शोक

दक्षिण कोरियामा आइतबार राष्ट्रिय शोक

  • 415
    SHARES
  • दक्षिण कोरियामा आइतबार राष्ट्रिय शोक

    सउल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

    राष्ट्रपति युनले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    ‘यो वास्तवमै दु:खद् हो’ उनले एक विज्ञप्तिमा भने, ‘एक त्रासदी घटना राजधानी सउलको मुटुमा भएको छ ।’

    सयोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका थिए ।

    उक्त घटनाप्रति विश्व नेताहरूले शोक प्रकट गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij