Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

निषेधाज्ञा उल्लङघन गर्दै जीप सञ्चालन

निषेधाज्ञा उल्लङघन गर्दै जीप सञ्चालन

  • 668
    SHARES
  • निषेधाज्ञा उल्लङघन गर्दै जीप सञ्चालन

    मार्तडी । जिल्लामा नयाँ भेरिएन्टको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि संकट व्यवस्थापन समिति बाजुराले निषेधाज्ञा गरेको जीप व्यवसायीहरुले उल्लङघन गरेको छन् । मार्तडी-कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमति नलिएर सञ्चालन गर्दै आएको पाइएको छ । 

    निषेधाज्ञामा सवारी साधनलाई अनुमती विना चलाउन नपाइने प्रशासनको निर्णयलाई अवज्ञा गर्दै सदरमुकाम मार्तडीको बाउली खोलाबाट कोल्टीसम्मका जीपहरु चल्ने गरेका छन् । जीप व्यवसायीहरुले काठमाडौंलगायतका सहरबाट भएका यात्रुलाई दोब्बर भाडा असुल्दै जीप चलाउने गरेका छन् । 

    काठमाडौंमा कोरोना भाइरसको संक्रमणका कारण दैनिक मृत्यु हुने दर नरोकिएपछि जिल्लामा आएका करिब २० जनाको टोलीलाई मार्तडीबाट पाण्डुसैनसम्म एक हजार ५०० र मार्तडी-कोल्टीका लागि दुई हजार भाडा लिएको जीपमा सवार भएका शम्भु रोकायाले गुनासो गरेका छन् ।

    उनले काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढेकाले क्याम्पस तथा विद्यालयहरु बन्द भएपछि घर आएको र घर जानुपर्ने बाध्यता भएकाले जीप व्यवसायीहरुले त्यही मौका पारेर बढी भाडा लिएको रोकायाले बताए । 
      
    जीप व्यवसायीहरुले पटक-पटक विभिन्न समयमा मौका पारेर भाडा दोब्बर असुल्ने गरेको सर्वसाधारणले आरोप लगाउँदै आएका छन् । जीप व्यवसायीहरुले जिल्लामा अनुमतिविना सवारी साधन सञ्चालन गरेर यात्रु ओसारपसार गर्दै आएका भएपनि स्थानीय प्रशासन र सुरक्षा निकाय मौन रहेको छ । 

    प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले महामारीका बेला अनुमती विना जिल्ला आउने र जिल्लामा सवारी साधन सञ्चालन गर्नेलाई कानूनी कारबाही गर्ने बताए ।

    उनले गैरकानूनी रुपमा मनोमानी भाडा लिने र अनुमती विना सवारी चलाउनेलाई प्रहरी नियन्त्रणमा लिई संक्रमण ऐन २०२० अनुसार कानूनी कारबाही गर्ने जानकारी दिए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij