वेबटिभी खबर
काठमाडौं । छठ समारोह समितिले छठपर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन पुनः माग गरेको छ ।
काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर समितिले छठपर्व मनाउनका लागि आइतबार र सोमबार दुई दिन रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकासँग पुनः माग गरेको हो ।
यसअघि छठपर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरमा दिएको निवेदनको सुनुवाइ नभएपछि समितिले पत्रकार सम्मेलन गरेर महानगरसँग पुनः आग्रह गर्नुपरेको समिति अध्यक्ष मदन साहले जानकारी दिए ।
रानीपोखरी आसपासमा बस्ने व्रतालुका लागि सहज हुने भएकाले काठमाडौं महानगरसँग आग्रह गरेको साहले बताए । भोलि आइतबार जलाशयमा शरीरको आधा भाग डुबाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएर छठ पर्व सकिनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij