वेबटिभी खबर
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सुन्दर भुर्जुङखोला बजार । पक्की सडक पूर्वाधार विकाससँगै यहाँ केही वर्षदेखी शहरीकरण बढेको छ ।
पाल्पाको रामपुर नगरपालिका–५ स्थित राङभाङका स्थानीयले तिहारलाई लक्षित गरि तयार पारेको झिनिया रोटी घरको छतमा सुकाउँदै ।
नुवाकोटको विदुर नगरपालिका–२ स्थित एक घरमा मंगलबार गाईको पूजा गर्दै भक्तजन ।
घोराही–१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा भएको आगलागी । लक्ष्मी पूजा गर्दा बालेको विद्युत चुहावट भई मंगलबार बिहान १ बजे आगलागी भएको सञ्चालकको भनाइ छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ल्याइएको समानुपातिक मतपत्र । तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि पाँच लाख ५० हजार थान मतपत्र ल्याइएको छ ।
ताप्लेजुङको सुकेटार विमान स्थलबाट देखिएको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर र कुम्भकर्ण हिमाल ।
ओखलढुङ्गाको रामपुर टारमा झुलेको धान ।
चितवनको बागीश्वरीमा मंगलबार बिहान गोबर्द्धन पूजा गरिँदै ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij