वेबटिभी खबर
पोखराको न्युरोडस्थित एक सहकारीमा लक्ष्मी पूजाको तयारीका लागि रङ्गोली बनाए सजाउँदै सहकारीका कर्मचारी ।
नेपाल प्रहरीको काठमाडाैं महाराजगञ्जस्थित कार्यालयमा सोमबार बिहान कुकुर पूजा गर्न तयार गरिँदै ।
दीपावली एवम् लक्ष्मी पूजाका लागि बिक्री गर्न सयपत्री फूलको माला लिएर महोत्तरीको सदरमुकाम जलेश्वरमा ग्राहकको प्रतीक्षामा बसेका व्यापारी ।
विराटनगर–९ स्थित गुद्री बजारमा उज्यालो पर्व तिहारका लागि माटाका दियो खरिद गर्दै एक महिला । दियो १०० को रु १५० मा बिक्री वितरण भइरहेको छ ।
तनहुँ जिल्लाको ब्यास नगरपालिका–१० मा रहेको सतीस अङ्ग्रेजी बोर्डिङ स्कुलमा विद्यार्थीलाई प्रयोगात्मक सिकाई स्वरुप टपरी बुन्न सिकाउँदै शिक्षिका । विद्यालयले व्यावहारिक शिक्षालाई जोड दिन विद्यार्थीलाई सेलरोटी पकाउन, सालको पातबाट बन्ने टपरी बुन्नलगायत सीप सिकाउन थालेको हो ।
बुटवल उपमहानगरपालिका–४ स्थित हाटबजारमा बेच्न राखिएको सयपत्री फूलको माला खरिद गर्दै सर्वसाधारण ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा धान विटा लगाउँदै किसान । यहाँ धान पाकेसँगै किसानलाई धान काट्न, सुकाउन र धान चुट्न भ्याइनभ्याइ छ ।
धनुषा र सिरहालाई जोड्ने निर्वाचन क्षेत्र नं.१ मा पर्ने निर्माणपश्चात् भत्किएको कमला पुल । हाल धनुषा र सिरहाका सर्वसाधारण जनता पुलको निर्माण सम्पन्न भए पनि पूर्ण रुपले आवतजातवत गर्न नसक्ने भएपछि बाँस जोडेर पुलको सदुयोग गर्दै । अहिले त्यस क्षेत्रका नेताहरुका लागि यो पुल मुख्य मुद्दा बनेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घोरेपानीको पुनहिलबाट देखिने मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै रमाउँदै गरेका पर्यटक । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाकामा पर्ने दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न सकिन्छ ।
तिहार पर्वसँगै पोखराको न्यूरोडस्थित एक पसलमा सोमबार बिहान बिक्रीका लागि राखिएका सयपत्री फूलका माला ।
पर्वतको बिहादी गाउँपालिकामा पर्ने वहाकीको खाल्टा गाउँ । खेतका फाँटमा झुलेका धानको बाला र ठाडै लस्कर मिलेको सुन्दर घरहरू ।
सबै तस्बिर रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij