वेबटिभी खबर
तिहार पर्वसँगै पोखराको सृजनाचोकमा बिक्रीका लागि राखिएका तामाका सामग्रीहरु । तिहारका दिनहरुमा तामाका भाडाहरु खरिद गर्दा भरिपूर्ण हुने मान्यता नेपाली समाजमा रहँदै आएको छ ।
असोज १९ गतेदेखि परेको अविरल वर्षाले घोराही उपमहानगरपालिका–१९ सिरमखोरेका लालबहादुर पुनको भत्किएको घर ।
राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान, नेपाल विराटनगरद्वारा नेपाल संवत् ११४३ को शुभ आगमनको अवसरमा निकालिएको र्याली ।
घोराही–१७ पचुर्खाका चित्रबहादुर बादी र भुमी बादी मादल बनाउँदै ।
भत्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुकमा मखमली फूल टिप्दै महिला । हिन्दुहरूको महान् चाड तिहारको भाइटीकामा प्रयोग गरिने चलन छ ।
भत्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुकमा सयपत्री फूल टिप्दै महिला ।
पोखरा महानगरपालिका–१९ तल्लाकोटबाट देखिएको माछापुच्छ्रे हिमाल ।

बाग्लुङ बजारको आवारोडमा देउसी खल्दै । यमपञ्चक सुरु भएदेखि बाग्लुङ बजारमा देउसीभैलो खेल्न थालेका छन् ।
रामपुर नगर गौशालामा रहेका गाईलाई हरियो धान खुवाउँदै रामपुर नगरपालिका–६ मिलनचोक बस्ने ९० वर्षीया गङ्गादेवी पराजुली ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १० खोपासीमा रहेको नेपाली कागज उद्योगमा नेपाली कागज सुकाउँदै मजदूर ।
सबै तस्बिर रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij