Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अमेरिकामा मास्क लगाउनै पर्ने नियम हट्यो 

अमेरिकामा मास्क लगाउनै पर्ने नियम हट्यो 

  • 790
    SHARES
  • अमेरिकामा मास्क लगाउनै पर्ने नियम हट्यो 

    वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ निर्देशन जारी गर्दै सार्वजनिक ठाउँमा पनि विना मास्क हिँड्न सक्ने बताएका छन् । राष्ट्रपति कार्यालय ओभलमा सांसदहरुको अगाडि मास्क हटाउँदै बाइडेनले नयाँ नियमबारे जानकारी गराएका हुन् । 

    तर पनि अझै भीडभाड स्थानहरू जस्तै बस र विमानस्थलहरु वा अस्पतालहरूमा मास्क लगाउन आग्रह गरिएको छ । यस अघि खाेप लगाइसकेका व्यक्तिहरू मास्कविना पनि हिँड्न सक्ने अधिकारीहरूले बताएका थिए । यसपछि बाइडेन प्रशासनलाई खोप लगाइसकेका व्यक्तिलाई लक्षित गरी कोभिड १९ सम्बन्धी प्रतिबन्ध हटाउन दबाब थियो । 

    यसैबीच, अमेरिकी शिक्षक संघ मजदुर युनियनले पनि आउँदो समयमा स्कूलहरू पूर्ण रूपमा खोल्न सिफारिस गरेको छ । १२ देखि १५ वर्षका बालबालिकाका लागि फाइजरको खोप लगाउन अनुमति दिएपछि विद्यालय खोल्न युनियनले सिफारिस गरेको हो । 

    अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । त्यहाँ संक्रमणबाट सबैभन्दा बढी तीन लाख मानिसको मृत्यु भएको छ । पछिल्ला केही साता यता कोरोना संक्रमणमा कमी आएपछि लागू गरिएका प्रतिबन्धहरु क्रमशः हटाउँदै गएको छ । 

    सरकारी तथ्यांकअनुसार सेप्टेम्बर २०२० पछि अमेरिकामा यतिवेला सबैभन्दा थोरै व्यक्ति संक्रमित भएका छन् । कोरोनाबाट हुने मृत्युको संख्या पनि गत वर्ष अप्रिलपछि सबैभन्दा न्यून तहमा पुगेको छ ।

    अमेरिकामा बालबालिकालाई पनि खोप लगाउन सुरु  अमेरिकामा बालबालिकालाई पनि खोप लगाउन सुरु  अमेरिकामा खोप लगाएका व्यक्तिले मास्क लगाउन नपर्ने   अमेरिकामा खोप लगाएका व्यक्तिले मास्क लगाउन नपर्ने  

     

     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij