वेबटिभी खबर
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ ।
युनाइटेडकोे घरेलु मैदानमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । फ्रेड र बु नो फर्नान्डेजले समान एक एक गोल गरे ।
हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा छ । युनाइटेड १० खेलबाट १९ अंकसहित पाँचौ स्थानमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij