वेबटिभी खबर
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-२ र रामग्राम नगरपालिका-५ स्थित भैरहवा परासी राजमार्गबाट बुधबार अवैध चिनी लोड गरिएका दुई वटा ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
करिब ९० लाख रूपैयाँ बराबरको ८४० बोरा अवैध चिनीसहित दुई वटा ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
ना ६ ख २१९७ र लु ख ९८७१ नम्बरको ट्रकमा लोड गरि राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले
बरामद गरेको हो ।
बरामद चिनी तथा दुबै ट्रक आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij