Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

हेर्नुहाेस् आजका विभिन्न ११ तस्बिर

हेर्नुहाेस् आजका विभिन्न ११ तस्बिर

  • 367
    SHARES
  • हेर्नुहाेस् आजका विभिन्न ११ तस्बिर

    भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा बजार पठाउन तयार गरेको मखमली फूलको माला । प्रतिमाला २२ देखि २५ रूपैयाँसम्म पर्ने किसान बताउँछन् । 

    all photos (3).jpeg
     

    भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा मखमली फूलको माला गाँस्दै । 

    DhrubasagarSharma_Galeswor_RSS_02_dhaulagiri.jpg
     

     जाडोयामको सुरुआतसँग मौसममा सुधार आएपछि म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको काखमा बादलसहित धौलागिरि हिमाल दृश्य । यो हिमाल समुद्र सतहबाट आठ हजार १६७ मिटर उचाइमा पर्दछ ।

    SM-Resunga-Tapub.jpg
     

    बाइसे चौबिसे राज्यअन्तर्गत एक राज्य गुल्मीको इस्मामा किशोर सिंह राठौर अन्तिम राजाको रुपमा बसेका थिए । यो राज्यमा सात सय कुरिया र २४ मौजाले बनेको थियो । राजा सुरक्षाको दृष्टिकोणले यस्तै टापुमा बस्थे ।

    all photos (2).jpg
     

    जाजरकाेटकाे बारेकोट गाउँपालिका–५ तोलखानास्थित गाउँमा एक ७० किलोवाट सौर्य मिनिग्रेटबाट उत्पादित विद्युत् घरघरमा जोडिएपछि यहाँका सात सय भन्दा बढी घरधुरीले विद्युत् सेवा पाएका छन् । 

    RB-Kamalmai-NirmanaKalaghar.jpg
     

    निर्माणाधिन सिन्धुली कला घर, सिन्धुलीस्थल । कमलामाई नगरपालिका–३ चपौलीमा छ । सिन्धुलीगढीबाट नजिकै पर्दछ ।  

    all photos (3).jpg
     

    जाजरकाेटकाे बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित नलगाड किनारमा रहेको बस्ती ।

    all photos (4).jpg
     

    तिहार नजिकँदै गर्दा महोत्तरीको सदरमुकाम जलेश्वरको हटियामा माटाका भाँडाकुँडा बेच्दै बेच्दै व्यापारी । 

    all photos (6).jpg
     

    ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ गुम्बा डाँडामा पाखाली कृषि फार्ममा पाक्दै गरेको किवी फल । किवी फल प्रति केजी दुई सयमा खरिद बिक्री हुँदै आएको छ ।  

    fish.JPG
     

    सुर्खेतको वीरेन्द्रनगरस्थित सानो सुर्खेतमा माछा मार्दै एक महिला ।

    jhilaya.jpg
     

    बाग्लुङ नगरपालिका–२ मरेपिपलका महिला उद्यमी मीरा श्रेष्ठले आफ्नो घरको छतमा उत्पादन गरेर सुकाएको झिनियाँ । तिहार नजिकिएसँगै बाग्लुङमा झिनियाको माग उच्च रहेको छ ।

    सबै तस्बिर रासस

  • सम्बन्धित विषय:

  • # तस्बिर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij