वेबटिभी खबर
हेटौंडा । बाग्मती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म चार हजार एक सय ३१ जनामा डेंगुको संक्रमण भएको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सबैभन्दा बढी संक्रमित मकवानपुर जिल्ला र हेटौंडा उपमहानगरपालिकामा रहेका छन्।
हेटौंडा उपमहानगरपालिकामा हालसम्म तीन हजार चार सय ७५ जनामा डेंगु संक्रमण भएको सो कार्यालयले जनाएको छ । जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेंगुका बिरामी बढी रहेको जनाइएको छ ।
डेंगुका बिरामी बढेसँगै हेटौंडा अस्पताल, निजी क्लिनिक तथा नर्सिगं होममा बिरामीको चाप अत्यधिक रहेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा बढी शहरी क्षेत्रमा पाइने गरेको छ ।
डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, आँखामाथिको भाग दुख्नेलगायतका समस्या देखिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij