Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

महन्थले सांसदलाई रिसोर्टमा किन राखे ? 

महन्थले सांसदलाई रिसोर्टमा किन राखे ? 

  • 1.0K
    SHARES
  • महन्थले सांसदलाई रिसोर्टमा किन राखे ? 

    काठमाडौं । गठबन्धनको सरकार निर्माणको पक्षमा नदेखिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले सांसदलाई रिसोर्टमा राखेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको हो ।

    बुढानिलकण्ठमा देउवालाई भेटेर बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका ठाकुर र महतोले तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा भेला गराएर सांसदहरुलाई भक्तपुर लगेका हुन् ।

    रिसोर्टमा रहेका एक सांसदका अनुसार त्यहाँ १३ जना सांसद मात्र रहेका छन् । जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्ष देउवाको नेतृत्वमा बहुमतको सरकार निर्माणको पक्षमा उभिएका बेला ठाकुर र महतो भने प्रधानमन्त्री ओलीकै पक्षमा उभिएका छन् । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् ।

    उक्त समयभित्र बहुमत जुटाएर राष्ट्रपतिसमक्ष निवेदन दिने कांग्रेसको तयारी छ ।

    नयाँ सरकार गठनका लागि १३६ सांसद आवश्यक हुन्छ । कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ (सभामुखबाहेक) र जसपासँग ३२ सांसद छन् ।

    तर जसपाका १३ जना सांसदले साथ नदिँदा बहुमत नपुग्ने निश्चित छ । 

    हाल प्रतिनिधिसभामा कायम सांसद संख्या २ सय ७१ मध्ये एमालेसँग मात्रै १२१ सांसद छन् । ओलालाई सरकार गठन गर्न १५ सांसदको आवश्यकता छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij