Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

वामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभइ संविधान रक्षाका लागि हो : अध्यक्ष प्रचण्ड

वामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभइ संविधान रक्षाका लागि हो : अध्यक्ष प्रचण्ड

  • 329
    SHARES
  • वामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभइ संविधान रक्षाका लागि हो : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान वामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन् ।

    गोरखामा सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।

    उनले भने, ‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन । संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।’ उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए ।

    उनका अनुसार पटक-पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो । फरक प्रसंगमा अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित गोरखामा निर्वाचन लड्न लागेको र यसको छुट्टै महत्व रहेकोसमेत बताए ।

    उनले भने, ‘गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन् । गोरखाको भूगोल, संंस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु ।’ उनले आँफू गोरखा-२ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भए पनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताए ।

    नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धिसँग जोडेर अघिबढाउन नसक्दा दिगो हुन नसकेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij