वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले पार्टी भित्र र पार्टी बाहिर अध्यक्ष केपी शर्मा ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेने बताएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले उक्त कुरा बताएका हुन् । पार्टी विभाजन रोक्नका लागि आफूहरूसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए ।
उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप पनि लगाए ।
डा.रावलले दशकौं पार्टीमा पसिना बगाएका इमान्दार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij