वेबटिभी खबर
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा ४ बालबालिकाको मृत्यु भएको छ भने ३ जना घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा एक घर पुरिएको स्थानीय ध्रुवकुमार शाहीले बताए ।
घटनास्थलमा नजिकैको प्रहरी जाँदै गरेका केही समयपछि क्षतिको बिवरण आउने शाहीले बताए । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij