वेबटिभी खबर
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ छाडेपछि सो स्थानमा डा.भोजराज अधिकारीलाई उठाउने भएको छ ।
सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परेपछि प्रचण्डले आफनो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजेपछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।
भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा.अधिकारीलाई प्रचण्डले छाडेको चितवन–३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिएपछि अधिकारीले तयारी सुरु गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij