Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपाल पक्षका राजीनामा दिने सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको प्रस्ताव

नेपाल पक्षका राजीनामा दिने सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको प्रस्ताव

  • 1.1K
    SHARES
  • नेपाल पक्षका राजीनामा दिने सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको प्रस्ताव

    काठमाडौं । वैकल्पिक सरकार गठनका लागि प्रयासरत नेपाली कांग्रेसले राजीनामा दिने माधव नेपाल पक्षका सांसदलाई उपनिर्वाचन जिताउने प्रस्ताव गरेको छ ।

    सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको नेपालपक्षका नेताहरुसँग यस्तो प्रस्ताव गरेका हुन् ।

    कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ । केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरू राजीनामा दिन तयार छन् यद्यपि संख्या यकिन भइसकेको छैन ।
     
    नेकपा माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) को समर्थन पाएको कांग्रेसले नेपाल पक्षका सांसदहरुले राजीनामा दिए बहुमत पुग्ने आकलन गरेको छ । 

    ‘महन्थ ठाकुरहरूले समर्थन नगरेको अवस्थामा नेपालपक्षले सहयोग गर्याे भने बहुमत पुग्ने देखिन्छ । त्यसका लागि नेपालपक्षलाई सहमतिमा ल्याउने हाम्रो प्रयास छ,’ कांग्रेसका एक शीर्ष नेताले भने । 

    देउवाले मंगलबार राति नेपाल र रावलसँग निवास बुढानिलकण्ठमा छलफल गरेका थिए । उक्त छलफलमा देउवाले आफूलाई सहयोग गर्ने एमाले सांसदहरुलाई उपनिर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् । 

    सामूहिक राजीनामा दिनेबारे नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायत नेताले असहमति जनाएका छन् ।

     नेपाल र भीम रवाललगायतका नेता भने राजीनामा दिएर भए पनि वैकल्पिक सरकार गठनको प्रयासमा छन् । सांसद पदमुक्त भएका नेताले सांसद पदमा ६ महिनाभित्र उपनिर्वाचन हुने संवैधानिक प्रावधान रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij