वेबटिभी खबर
काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल बाहिरिएको छ ।
शुक्रबार राति नेपाल भियतनामसँग ५–० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे ।
छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो । यता भियतनामको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० ले हराएको थियो ।
समूह ‘एफ’ मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ । यता थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल भने अंकविहीन छ ।
नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूह विजेता सीधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij