वेबटिभी खबर
सिरहा । गायक मुरलीधरले सिरहा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् ।
सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगमी निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् ।
मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए । सिरहाको औरही गाउँपालिका ५ का उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका थिए । उनी गायक तथा संगीतकार पनि हुन् ।
‘उडायो सपना सबै हुरीले’,‘निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो’जस्ता दर्जनौं चर्चित गीतमा स्वर भरेका मुरलीधरले सिरहा–२ मा एकल उम्मेदवार घोषणा गर्ने पहिलो व्यक्ति हुन् ।
उनी चुनावी मैदानमा आएसँगै कांग्रेस, एमाले र मधेस केन्द्रित नेताहरूले चासोको रूपमा हेरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij