वेबटिभी खबर
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
बिहीबार राति युनाइटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे । एन्थोनी मार्सियलले एक गोल थपे ।
ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे ।
यसअघि ओमोनियोले खेलमा अग्रता लिएको थियो । जितसँगै युनाइटेडले समूह ई मा ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।
ओमोनियो अंक विहीन हुँदै पुछारमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij