वेबटिभी खबर
काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर हुन् । स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए ।
आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरूले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरूमा ठूला गाडी तेर्स्याएका थिए । आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij