Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रपति भण्डारीले गरिन् नव कन्याको पूजा

राष्ट्रपति भण्डारीले गरिन् नव कन्याको पूजा

  • 322
    SHARES
  • राष्ट्रपति भण्डारीले गरिन् नव कन्याको पूजा

    काठमडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरूप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छिन् ।

    शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरूप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरेकी थिइन् ।

    ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छिन् । उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij