Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

डमरू दहमा डुबेर एक जनाको मृत्यु

डमरू दहमा डुबेर एक जनाको मृत्यु

  • 344
    SHARES
  • डमरू दहमा डुबेर एक जनाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको डमरू दहमा डुबेर एक जनाको मृत्यु भएको छ । दहमा डुबेका शितगंगा-३ का निवासी ३७ वर्षिय खिमबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

    आइतबार बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले पानी मुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए । उद्धार गर्नासाथ नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएको छ ।

    प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भएपनि अन्यत्र पठाउने तयारी गरेको छ । पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताए ।

    उनले भने, ‘यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन । तर उहाँ जिवित भने हुनुहुन्न ।’ नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij