Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपालमा कोरोना ग्राफ उकालो: २४ घण्टा मै ९ हजार ४ सय ८३ जना संक्रमित भए, २ सय २५ को मृत्यु

नेपालमा कोरोना ग्राफ उकालो: २४ घण्टा मै ९ हजार ४ सय ८३ जना संक्रमित भए, २ सय २५ को मृत्यु

  • 922
    SHARES
  • नेपालमा कोरोना ग्राफ उकालो:  २४ घण्टा मै ९ हजार ४ सय ८३ जना संक्रमित भए, २ सय २५ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार २१ हजार ३ सय १६ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । 

    यसै अवधिमा ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २ सय २५ जनाले ज्यान गुमाएका छन् ।

    हाल कोरोना सक्रिय संक्रमितको संख्या ९७ हजार ८ छ । 

    हालसम्म ४ लाख १३ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ३ लाख १२ हजार १९ जनाले काेराेना जितेका छन् ।

    काेराेनाकै कारणले अहिलेसम्म ४ हजार ८४ जनाले ज्यान गुमाएका छन् ।

    कोरोनाबाट निको हुने दर घटेर ७५.५ प्रतिशतमा झरेको छ ।

    28 baishakha coronaupp.jpg 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij