Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यौन दुर्व्यवहारको आरोप लागेका ओलम्पिक प्रशिक्षकले आत्महत्या गरे

यौन दुर्व्यवहारको आरोप लागेका ओलम्पिक प्रशिक्षकले आत्महत्या गरे

  • फाल्गुण १४, २०७७ शुक्रवार १६:४१ बजे
  • 778
    SHARES
  • यौन दुर्व्यवहारको आरोप लागेका ओलम्पिक प्रशिक्षकले आत्महत्या गरे

    मिचिगन । यौन दुर्व्यवहार तथा मानव बेचविखनको आरोप लागेको केही घण्टापछि अमेरिकी ओलम्पिक जिम्न्यास्टिकका पूर्वप्रशिक्षकले आत्महत्या गरेका छन् । 

    मिचिगनका महान्यायधिवक्ता डाना नसेलको कार्यालयले बिहीबार दिउँसो जोन गेडर्टको मृत्यु भएको पुष्टि गरेको छ । बिहीबार बिहान नेसलले पूर्वप्रशिक्षक गेडर्टले सामना गर्नुपर्ने २४ वटा अपराधिक आरोपको रुपरेखा तयार पारेकी थिइन् । गेडर्ट सन् २०१२ मा महिला जिम्न्यास्टिक टिमको प्रमुख रहेका थिए र सयौं एथेलेट्स खेलाडीलाई दुर्व्यवहार गरेका डाक्टर लेरी नासारको टिमसँग काम मिलेर काम गरेका थिए । 

    नासारलाई दुई सय ५० भन्दा बढी महिलालाई दुर्व्यवहार गरेको आरोपमा सन् २०१८ मा ३०० वर्षका लागि जेल सजाय सुनाइएको थियो । ६३ वर्षीया गेडर्टको प्रशिक्षण केन्द्र थियो, जसमा नासार जिम डाक्टरको रुपमा काम गर्थे । 

    गेडर्टले आत्महत्या गर्नुअघि नेसलले छुट्टाछुट्टै २४ वटा अभियोगपत्र बनाएकी थिइन्, जसमा धेरै महिलालाई मौखिक, शारीरिक यौन दुर्व्यवहार गरेको उल्लेख थियो । यसमा १३ वर्षदेखि १६ उमेरसम्मका किशोरीहरु पनि थिए । योबाहेक गेडर्टलाई १४ वटा मानब बेचबिखनको अभियोग पनि लागेको थियो । 

  • सम्बन्धित विषय:

  • # याैनदुर्व्यवहार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij