Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हिरासतमा युवतीको मृत्यु भएपछि चर्किएको विरोध प्रर्दशनमा ५० जनाको मृत्यु

हिरासतमा युवतीको मृत्यु भएपछि चर्किएको विरोध प्रर्दशनमा ५० जनाको मृत्यु

  • 438
    SHARES
  • हिरासतमा युवतीको मृत्यु भएपछि चर्किएको विरोध प्रर्दशनमा ५० जनाको मृत्यु

    एजेन्सी । हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा करिब ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरूको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ ।

    यद्यपी, सरकारी सञ्चार माध्यमहरूले उक्त झडपमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् । आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् ।

    प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० जना पत्रकार पनि छन् । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो ।

    खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसैबीच महिलाहरुले लगातार १२औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij