वेबटिभी खबर
साेल । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५ जना संक्रमित भएका हुन् ।
योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरूको संख्या दुई करोड ४६ लाख ७३ हजार छ सय ६३ पुगेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।
दैनिक संक्रमितहरूको संख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ । अघिल्लो दिन १४ हजार एक सय ६८ जना संक्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक संक्रमितको संख्या ३० हजार तीन सय तीन रहेको थियो ।
अहिले संक्रमित अवस्थामै रहेका मध्ये चार सय एक जना गम्भीर अवस्थामा रहेका छन् । यो संख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ । दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको संख्या २८ हजा दई सय ७२ पुगेको छ ।
विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ ।
महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रूपमा नियन्त्रण गर्न असफल भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij