Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याउन सुरु

याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याउन सुरु

  • 320
    SHARES
  • याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याउन सुरु

    काठमाडौं । मेलम्ची पछि याङ्री र लार्के खोलाको पानी काठमाडौं उपत्यकामा वितरणका लागि ठूला पाइप बिच्छ्याउन थालिएको छ।

    सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र एक हजार आठ हजार मिलिमिटर (एमएम) का ठूला पाइप बिच्छ्याउन थालिएको हो ।

    दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप बिच्छ्याइएको थियो ।

    यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

    दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० मिलिमिटरका पाइप बिच्छ्याए पछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँले जानकारी दिए ।

    सुन्दरीजल स्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साँढे दुई किमी नयाँ पाटीसम्म एक हजार ८०० मिलिमिटरको पाइप बिच्छ्याइने छ । साँढे दुई किलोमिटर भन्दा तल चाबहिलसम्म करिब आठ किमी दुरीमा भने एक हजार ६०० मिलिमिटरको पाइप बिच्छ्याइने छ ।

    याङ्री र लार्केको पानी आउनुअघि पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिच्छ्याइएको उनले बताए । वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ।

    याङ्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ । हवास उई कंकाई कम्पनी जेभीले पाइप बिच्छ्याउने कामको ठेक्का पाएको छ ।

    २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ । दुई अर्ब ८८ करोडको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए ।

    सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप बिच्छ्याइएको छ । जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप बिच्छ्याइनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij