Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

डा.केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

डा.केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

  • 343
    SHARES
  • डा.केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

    काठमाडौं । अनशनरत डा.गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ ।

    संघका महासचिव डा.बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा.केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ ।

    ‘डा.केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ ।’ संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने लगायत सात बुँदे माग राख्दै डा.केसी आठ दिनदेखि धनगढीमा अनशनरत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij