Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चोलेन्द्र आउने खबरसँगै उनलाई रोक्न सर्वाेच्चमा बाक्लै सुरक्षाकर्मी परिचालन 

चोलेन्द्र आउने खबरसँगै उनलाई रोक्न सर्वाेच्चमा बाक्लै सुरक्षाकर्मी परिचालन 

  • 430
    SHARES
  • चोलेन्द्र आउने खबरसँगै उनलाई रोक्न सर्वाेच्चमा बाक्लै सुरक्षाकर्मी परिचालन 

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च फर्किने खबरपछि उनलाई रोक्न अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको छ ।

    महाभियोग लागेर निलम्बनमा परेको जबरामाथि महाभियोग सिफारिस समितिले महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको प्रतिवेदन बुझाएको भोलिपल्ट जबराले आफू सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने खबर पठाएका थिए । उनलाई आउन नदिन उनको निवास र अदालत परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको हो ।

    उनले आउन खोजे पनि निलम्बन फुकुवा नभएको जिकिर गर्दै नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि उनलाई रोक्ने तयारी गरेका छन् । सरकार पनि जबरालाई रोक्ने तयारीमा देखिएको छ ।

    जबरा जवर्जस्ती प्रवेश गर्न खोजे तनाव बढ्नसक्ने भएकाले सुरक्षाकर्मी व्यापक बढाइएको हो । नेपाल बार एशोसियशनले जबरालाई प्रवेश गर्न नदिने निर्णयसहित रोक्ने तयारीमा लागेको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij