Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चोलेन्द्रशम्शेरले नाम लिएका ७ वकिलसँग समितिको सोधपुछ सुरु

चोलेन्द्रशम्शेरले नाम लिएका ७ वकिलसँग समितिको सोधपुछ सुरु

  • 322
    SHARES
  • चोलेन्द्रशम्शेरले नाम लिएका ७ वकिलसँग समितिको सोधपुछ सुरु

    काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुछेका सातजना वकिलसँग छलफल सुरु गरेको छ ।

    जबराले समितिकाे बयानमा विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए ।

    जसअनुसार बिहीबार दिउँसो सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग समितिले छलफल सुरु गरेको हो ।

    पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीहहरूले भने समितिमा उपस्थित नहुने बताइसकेका छन् । जबराले अधिवक्ताहरूले आफूलाई राजीनामा दिन भनेको, न्यायाधीश बनाइदिन भनेकोलगायतका आरोप लगाएका थिए ।

    306533022_1061438984735376_2061794373868017570_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij