Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काठमाडौं महानगरले सार्वजनिक क्षेत्रमा धुम्रपान गर्नेलाई कारबाही गर्ने

काठमाडौं महानगरले सार्वजनिक क्षेत्रमा धुम्रपान गर्नेलाई कारबाही गर्ने

  • 413
    SHARES
  • काठमाडौं महानगरले सार्वजनिक क्षेत्रमा धुम्रपान गर्नेलाई कारबाही गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा धुम्रपान गर्नेलाई कारबाही गर्ने भएको छ ।

    महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको सूचना जारी गर्दै कारबाहीको चेतावनी दिएको हो ।

    महानगरपालिकाले बिहीबार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

    कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचनामा अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत उल्लेख छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij