Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अजय देवगण र सिद्धार्थ मल्होत्राविरूद्ध उजुरी

अजय देवगण र सिद्धार्थ मल्होत्राविरूद्ध उजुरी

  • 362
    SHARES
  • अजय देवगण र सिद्धार्थ मल्होत्राविरूद्ध उजुरी

    एजेन्सी । अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रा अभिनित चलचित्र ‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई धेरै दर्शकले मन पनि पराइरहेका छन् ।

    ट्रेलरमा राखिएको केही दृश्यका कारण अर्को पक्षले भने उजुरी दिएको छ । ट्रोल आर्मी नामक सञ्जाल प्रयोगकर्ता समूहले चलचित्र बहिस्कारको माग गरेको छ । उनीहरूले ट्रेलरमा भगवानको अपमान गरिएको दाबी गरेका छन् ।

    यहीबीच अजय, सिद्धार्थ र चलचित्रका निर्देशक इन्दर कुमारविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

    यी तीनजनामाथि धार्मिक भावनामा ठोस पुर्याएको आरोप लगाइएको छ । वकिल हिमांशु श्रीवास्तवले उत्तर प्रदेशको जोनपुरको एक अदालतमा मुद्दा दर्ता गराएका छन् । यो मामिलामा हिमांशुको बयान १८ नोभेम्बरमा रेकर्ड गरिएको छ ।

    ट्रेलरमा अजय चित्रगुप्त बनेका छन् । जो पाप र पुण्यको हिसाब गर्छन् । ट्रेलरमा उनलाई निकै छोटो कपडामा देखाइएको छ । यही दृश्यमा सामाजिक सञ्जाल प्रयोगकर्ता रिसाएका छन् । उजुरीमा अजयले आपत्तिजनक भाषाको प्रयोग गरिएको दाबी गरिएको छ ।

    चित्रगुप्तलाई कर्मको देवता मानिन्छ र उसले मानिसको राम्रो र नराम्रो कर्मको हिसाब गर्छन् । तर ट्रेलरमा देखाइएको चित्रगुप्तले धार्मिक भावनामा चोट पुर्याएको जनाइएको छ । यो चलचित्र २४ अक्टोबरमा रिलिज हुँदैछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij