Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्त्व भुल्न हुँदैन : प्रचण्ड [भिडियाे पनि]

आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्त्व भुल्न हुँदैन : प्रचण्ड [भिडियाे पनि]

  • 463
    SHARES
  • आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्त्व भुल्न हुँदैन : प्रचण्ड [भिडियाे पनि]

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्त्व कसैले पनि भुल्न नहुने बताएका छन् ।

    उनले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थहरूको उत्खनन् हुन नसकेको र यसको महत्त्वलाई बुझाउन नसकिएको उल्लेख गरे । प्रचण्डले युद्धमा सहभागीहरूलाई जति शान्तिको महत्त्व अरूलाई नहुने बताए ।

    काठमाडौंमा मंगलबार माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’ को लोकार्पण गर्दै प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिका लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको उल्लेख गरे ।

    प्रचण्डले ‘स्वार्थका लागि काम गरिरहेका त छैनौं ?’ भन्ने अनुभूति हुन थालेकोसमेत उल्लेख गरे । अहिलेको अवस्था जे–जस्तो भएपनि समाजवादको यात्रा भने नछाडेको उनको दाबी थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij