Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कानुन विपरीत उत्खनन् गरिएका नदीजन्य वस्तु लिलाम गरिने

कानुन विपरीत उत्खनन् गरिएका नदीजन्य वस्तु लिलाम गरिने

  • 403
    SHARES
  • कानुन विपरीत उत्खनन् गरिएका नदीजन्य वस्तु लिलाम गरिने

    पर्वत । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य वस्तु लिलाम बिक्री गर्ने भएको छ ।

    सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य वस्तु जफत गरी लिलाम बिक्री गर्न लागिएको हो ।

    उक्त गाउँपालिकाले सरोकारवालाको सहयोगमा अवैधरूपमा उत्खनन् गरिएको नदीजन्य वस्तु लिलाम बिक्री गर्न सोमबार नाप जाँच गरेको छ ।

    पर्वतको वारी बेनीदेखि दमुवा खोलासम्म अवैधरूपमा उत्खनन् गरेर थुपारिएको बालुवा लिलाम बिक्री गर्न लागत अनुगमन गरिएको उक्त गाउँपलिकाका उपाध्यक्ष एवम् अनुमगन टोलीका संयोजक दीपक आचार्यले बताए ।

    साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्यांकन विपरीत उत्खनन् गरिएको बालुवा लिलाम बिक्री गर्न गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, जिसस र पालिका इञ्जिनीयर, सुरक्षाकर्मीलगायत उपस्थितमा किनारमा थुपारिएको नदीजन्य वस्तु नापजाँच गरी प्राप्त प्रतिवेदनलाई कार्यपालिकाको बैठकले लिलाम बिक्रीका लागि प्रक्रियाअघि बढाउने भएको छ।

    गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजर सिल गरिएको थियो । वर्षात्को समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुँदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्दै बेच्ने गरेका छन् ।

    राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरीत ठेक्का नलागेको ठाउँमा पनि उपकरण प्रयोग गरेर अवैधरूपमा बालुवा उत्खनन् बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बाग्लुङ क्षेत्रमा कानुन विपरीत नदीजन्य वस्तुको उत्खनन् बढी देखिन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij