Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रविना अधिकारी भइन अखिल (क्रान्तिकारी) को छात्रा विभाग प्रमुख 

प्रविना अधिकारी भइन अखिल (क्रान्तिकारी) को छात्रा विभाग प्रमुख 

  • 375
    SHARES
  • प्रविना अधिकारी भइन अखिल (क्रान्तिकारी) को छात्रा विभाग प्रमुख 

    चितवन । अखिल (क्रान्तिकारी)को केन्द्रीय छात्रा विभाग प्रमुखमा प्रविना अधिकारी चयन भएकी छिन् । 

    ‘सम्पति र सत्तामा समान सहभागीता, शिक्षा र रोजगारी सहितको आत्मनिर्भरता’ भन्ने मुल नारासहित शनिबार र आइतबार दुई दिनसम्म चलेको चितवनको केन्द्रीय भेलाले विभागको प्रमुखमा अधिकारीलाई चयन गरेको हो । 

    मुलुकभरबाट पाँच सय छात्रा प्रतिनिधी सहभागी रहेको भेलामा सात वटै प्रदेशबाट दुई–दुई जनाले प्रतिनिधिमुलक रिपोर्टीङ गरेका थिए । 

    चितवन स्थित स्कुल अफ हेल्थ साइन्समा सम्पन्न बन्द सत्रले विभागको उपप्रमुखमा विद्यार्थी नेताहरु देवकी कार्की  र पार्वती शर्मा तथा सचिवमा इन्दिरा पुरीलाई चयन गरेको अखिल (क्रान्तिकारी) नेतृ मुना काप्रीले जानकारी दिइन् । 

    माओवादी (केन्द्र) की उपमहासचिव एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री  पम्फा भुषालले रामपुरस्थित कृषी क्याम्पसमा उद्घाटन गरेकी थिइन् । भेलामा अखिल ९क्रान्तिकारी० अध्यक्ष पञ्चा सिंहसहित चर्चित पुर्व विद्यार्थी नेतृ कञ्चन खनाल, माओवादी (केन्द्र) चितवन अधयक्ष  आर।सी अधिकारी लगायतले प्रशिक्षण दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij