वेबटिभी खबर
वीरगंज । प्रहरीले वीरगंजबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया बिर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम रहेका छन् ।
वीरगंज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए ।
प्रहरीले उनी सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाइकल रोकी चेकजाँच जिन्सपाइन्टको खल्तीबाट ७ लाख ५३ हजार ३ सय रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij