वेबटिभी खबर
चितवन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगेका छन् ।
नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेका हुन् ।
उनी बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट देउवा चितवन आपुगेका छन् । प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्ने कार्यक्रम रहेको छ ।
यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवम् सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे काठमाडौं फर्कने कार्यक्रम छ । उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन पुगेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij