Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विभिन्न स्थानमा तीनजना मृत फेला  

विभिन्न स्थानमा तीनजना मृत फेला  

  • 278
    SHARES
  • विभिन्न स्थानमा तीनजना मृत फेला  

    काठमाडौं । बैतडी, झापा र कास्कीमा गरि तीनजना मृत फेला परेका छन् ।

    बैतडीको पुर्चाैडी नगरपालिका-६ भूमिराज घर भएका पदम साउदकी ७ वर्षीया छोरी रेश्मी साउद मंगलबार मृत फेला परेकी छिन् ।

    पुर्चाैडी नगरपालिका-५ पुवाकोटस्थित मावली घरमा बस्दै आएकी उनी सोही ठाउँस्थित धौलपहिरा खोलामा नुहाउने क्रममा बेपता भएकी थिइन् ।

    खोजी गर्ने क्रममा खोलाबाट करिब ६ किलोमिटर तल उनको शव फेला परेको हो ।

    यसैगरी झापाको मेचीनगर नगरपालिका-१ जिमी गाउँ बस्ने ५० वर्षीय भिमबहादुर तामाङ सोही ठाउँस्थित तिरिङखोलाको भिरमा मंगलबार मृत फेला परेका छन् ।

    त्यस्तै कास्कीको पोखरा महानगरपालिका-१७ महत गौडास्थित फुस्रे खोलाको बीच भागमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij