Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

तामाकोशीमा डुबेर एक जनाको मृत्यु

तामाकोशीमा डुबेर एक जनाको मृत्यु

  • 392
    SHARES
  • तामाकोशीमा डुबेर एक जनाको मृत्यु

    काठमाडौं । तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापका एक युवकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका-४ पुछिघाटका १९ वर्षीय रामकुमार माझीको डुबेर मृत्यु भएको हो ।

    माझी हिजो दिउँसो मन्थली नगरपालिका-७ ओडारेस्थित तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

    उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij