वेबटिभी खबर
काठमाडौं । जिल्ला खेलकुद विकास समिति जुम्ला कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन् ।
२१ भदौदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता जुम्लाबाट खेलाडी सहभागी नगराएको भन्दै उनीहरूले कार्यालयमा ताला लगाएका हुन् ।
प्रेस विज्ञप्ति जारी गर्दै फुटबल खेलाडीले जुम्लाबाट फुलबल खेल बाहेक अरू सबै प्रतियोगितामा खेलाडी छनोट उल्लेख गरेका छन् ।
नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिता सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिको कार्यालयसँग चासो राख्दा पनि खेलाडी पठाउन पैसा कम बताइएको उनीहरूको गुनासो छ ।
जिल्ला खेलकुद विकास समिति जुम्ला अध्यक्ष धनकृष्ण पाण्डेले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौटका लागि लामो समय सूचना टससहित प्रसारणसमेत गरिएको बताए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij