Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमाले धादिङले गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार सिफारिस

एमाले धादिङले गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार सिफारिस

  • 354
    SHARES
  • एमाले धादिङले गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार सिफारिस

    काठमाडौं । धादिङ जिल्ला प्रतिनिधिसभा–१ अन्तर्गत प्रदेश सभा (ख) मा नेकपा एमालेले प्रदेशसभा सांसदका लागि नाम सिफारिस गरेको छ ।

    प्रत्यक्षतर्फ मोदनाथ सिलवाल (सन्तोष), लक्ष्मण शर्मा, गजेन्द्र थपलिया, रमेश भट्टराई, ध्रुव विक, दिपक खतिवडा, डिल्ली पाठक, मायादेवी थापा र उर्मिला श्रेष्ठको नाम सिफारिस गरेको छ ।

    पार्टीको लेखा आयोग प्रमुख एवम् राष्ट्रिय योजना आयोगको निवर्तमान उपाध्यक्ष प्रा.डा. पुष्प कडेलको प्रमुख आतिथिमा धादिङ गजुरीमा बसेको बैठकले उक्त नाम सिफारिस गरेको हो ।

    बैठकमा पार्टीका प्रदेश कमिटीका नेताहरू जिल्ला कमिटीका नेताहरू, स्थानीय तहका नेताहरू र जनवर्गीय संगठनका नेताहरूको उपस्थित थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij