वेबटिभी खबर
काठमाडौं । हत्या अभियोगमा थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।
कांग्रेस रौतहट क्षेत्र नम्बर-२ समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको रूपमा आलमको नाम सिफारिस गरेको हो ।
उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनी निलम्बनमा परेका हुन् ।
२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।
घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप छ ।
श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरूद्ध किटानी जाहेरी दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij